नियम २६
परिषद्को कोष र खाताको सञ्चालन
(१) परिषद्को कोषमा प्राप्त हुन आएको रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नुपर्नेछ । तर एकपटकमा पाँचहजार रूपैयाँसम्मको रकम सानो नगदी कोषमा जम्मा गरी खर्च गर्न सकिनेछ ।
(२) परिषद्को खाताको सञ्चालन अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट हुनेछ । अध्यक्ष वा कोषाध्यक्षमध्ये कुनै एकको अनुपस्थितिमा कोषको खाता सञ्चालन परिषद्ले निर्धारण गरेबमोजिम हुनेछ ।